नागरिक लगानी कोषको नाफा १३.८२ प्रतिशतले बढ्यो


नागरिक लगानी कोषले २६ करोड ४८ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

मंगलबार सार्वजनिक वित्तीय विवरण अनुसार कोषको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको पहिलो त्रैमासमा १३.८२ प्रतिशत वृद्धि भएको हो ।

गत आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कोषले २३ करोड २७ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । ब्याज आम्दानी र सेवा शुल्कमा वृद्धि भएसँगै नाफा बढेको हो ।

कोषले अघिल्लो वर्ष १० करोड १२ लाख ३० हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो भने चालु वर्षमा १२ करोड ४५ लाख ४० हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । यस्तै अघिल्लो वर्ष २९ करोड ३९ लाख २७ हजार रहेको सेवा तथा कमिसन आम्दानी चालु वर्ष ३२ करोड ९५ लाख १ हजार रुपैयाँ पुगेको छ ।
कोषको जगेडा कोष गत आवको तुलनामा चालू आवमा २३.२२ प्रतिशतले बढेको छ । गत आवमा कोषको जगेडा कोषमा १८ अर्ब ९७ करोड ७५ लाख ९१ हजार रहेकोमा चालू आवमा २३ अर्ब ३८ करोड ४३ लाख ८५ हजार पुगेको छ ।

कोषको संगठित संस्थाको सेयर तथा धितोपत्रमा लगानी बढेर ३० अर्ब ५२ लाख १६ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा धितोपत्रमा २८ अर्ब ७ करोड ६१ लाख ८० हजार रुपैयाँ थियो । असोज मसान्तसम्म कोषको चालु सम्पत्ति २१ अर्ब ४२ करोड ७८ लाख ५२ हजार र बैंक मौज्दात १ अर्ब ५ करोड ५ लाख ४१ हजार रुपैयाँ रहेको छ । कोषको चुक्ता पुँजी ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको छ । कोषले मुद्दति निक्षेपमा १ खर्ब १८ अर्ब ६६ करोड ६६ लाख रुपैयाँ लगानी गरेको छ ।

यता, कोषको प्रतिसेयर आम्दानी भने २१ रुपैयाँ ९० पैसाबाट घटेर १९ रुपैयाँ ९४ पैसा कायम भएको छ । यसको नेटवर्थ १८९ रुपैयाँ ०५ पैसाबाट घटेर १५९ रुपैयाँ ७९ पैसा कायम भएको छ । समिक्षा अवधिमा आरओआइ ९.३८ प्रतिशतबाट बढेर ९.४५ प्रतिशत पुगेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।