नेपाल फाइनान्सको सीईओमा उद्धवराज थपलिया

0
Shares

नेपाल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा उद्धवराज थपलिया नियुक्त भएका छन् ।

कार्तिक २३ गते बसेको सञ्चालक समितिको ३७७ औं बैठकले आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्ति गरेको हो । कम्पनी सचिव विष्णुप्रसाद गौतमका अनुसार थपलियालाई मंसिर २५ गतेदेखि लागू हुनेगरी थपलियालाई दोस्रो कार्यकालको लागि नियुक्ति गरिएको हो ।

पाँचखाल नगरपालिका काभ्रे स्थायी घर भएका थपलियाले यसअघि पनि फाइनान्समा सीईओ थिए । उनले लामो समय किष्ट बैंक र प्रभु बैंकमा शाखा प्रबन्धक भइ कार्य गरिसकेका छन् । उनको विभिन्न बैंक तथा वित्तीय संस्थामा समेत गरी करिब दुई दशकको बैंकिङ्ग अनुभव रहेको छ ।

बेष्ट फाइनान्स (तत्कालिन जनरल फाइनान्स) लाई जापान लगायतका एनआरएनहरुको समुहले खरिद गरी समस्याग्रस्त अवस्थाबाट साधारण अवस्थामा फर्काउने योजना नेपाल राष्ट्र बैंकमा पेश गरेपछि थपलिया जनरल फाइनान्समा वरिष्ठ व्यवस्थापकको रुपमा प्रवेश गरेका थिए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।