राती १ बजेसम्म देउसी भैलो खेल्न पाइन्छ, महानगर प्रहरीले पेट्रोलिङ गर्छ: बालेन


काठमाडौं महानगरपालिकामा राति १ बजेसम्म देउसी भैलो खेल्न सुरक्षा प्रबन्ध मिलाएको महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले बताएका छन् ।

सामाजिक संजालमार्फत उनले राती १ बजेसम्म देउसी भैलो खेल्न पाउने गरि सुरक्षा व्यवस्था मिलाएको बताएका हुन् । सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै यसअघि राति ९/१० बजेसम्ममात्रै देउसी भैलो खेल्न दिइन्थ्यो ।

बालेनले भने महानगर प्रहरीले पेट्रोलिङ गर्ने भन्दै मर्यादित भएर देउसी भैलो खेल्न आग्रह गरेका छन्। उनले सोही अनुरुप प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा प्रबन्ध मिलाउन अनुरोध पनि गरेका छन् ।

‘यो वर्ष काठमाडौं महानगर नगरप्रहरीले “राती १” बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको छौं र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलीदिनु हार्दिक अनुरोध गर्दछौं,’ बालेनेले लेखेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।