नेशनल हाइड्रोपावरले लाभांश नबाँड्ने, साधारण सभा आह्वान

0
Shares

नेशनल हाइड्रोपावरले सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले लाभांश बिना मंसिर २२ गते शुक्रबार २७ औं वार्षिक साधारण सभा बोलाएको हो ।

सभामा कम्पनीले यस वर्ष कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव भने राखेको छैन । सभाबाट वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने सामान्य प्रस्तावहरु मात्र रहेका छन् । त्यस्तै विशेष प्रस्ताव अन्तर्गत कम्पनीको प्रबन्ध पत्रको दफा ६ को (क) र (ख) संशोधन गर्ने प्रस्ताव पेश हुनेछ ।

कम्पनीको सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूको आव २०७९–८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणसँग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गर्नेछ । साथै सभाले आव २०८०–८१ को लागि लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर ७ गते बिहीबार बुकक्लोज गर्ने भएको छ । बुकक्लोज अनुसार मंसिर ६ गते बुधबारसम्म कायम सेयरधनीले मात्रै सभामा भाग लिन पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।