बल्खुमा युवा संघ र दुर्गा प्रसाईं समूहका प्रदर्शनकारीबिच झडप


बल्खुमा युवा संघ नेपाल र दुर्गा प्रसाईं समूहका प्रदर्शनकारीबिच झडप भएको छ ।

प्रसाईं समूहमाथि युवा संघका प्रदर्शनकारीले आक्रमण गरेपछि केही समय अवस्था तनाब बनेको थियो । दुवै पक्षले ढुंगा हानाहान गरेका थिए । त्यसपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन लाठी चार्ज गरेका थिए ।

आज उपत्यकाभित्र ८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ ।

सूचना संकलनको लागि राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि परिचालन गरिएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।