
नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे र ऊर्जा सचिव दिनेश घिमिरेले दिएको राजीनामा स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुबैको राजीनामा स्वीकृत गरेको हो ।
नागरिकताको विवाद देखिएपछि पाण्डेले व्यक्तिगत कारण दर्शाइ आफ्नो पदबाट गत कात्तिक २४ गते राजीनामा दिएका थिए । सरकारको प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले पाण्डेको राजीनामा कात्तिक २४ गते देखि लागू हुने गरी राजीनामा स्वीकृत भएको जानकारी दिइन् ।
त्यसैगरी बैठकले सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने निर्णय गरेको छ । प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्विस फ्रेंक ४.४६५ मिलियन (करिब ६५ करोड) अनुदान स्वीकृत गरेको छ ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
