सिनर्जी पावरको लिलामी हकप्रद सेयर बाँडफाँड, कटअफ कति ?

0
Shares

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको अवितरित हकप्रद सेयर मङ्सिर ६ गते बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार उक्त लिलामीको सेयरको कट अफ मूल्य १४२ रुपैयाँ ६० पैसा कायम भएको छ ।

यसअनुसार कम्पनीले ल्याएको अवितरित हकप्रद सेयर लिलामीमा १४२ रुपैयाँ ६० पैसा वा सोभन्दा माथि कबुल गर्ने सबैले सेयर पाएका छन् । १४२ रुपैयाँ ६० पैसामा कबुल गर्नेलाई समानुपातिक रुपमा सापेक्षिक भार अनुसार सेयर बाँडफाँड गरिएको छ ।

कम्पनीले हकप्रद निष्कासन गर्दा बिक्रि नभएको सर्वसाधारण समुहतर्फको ५ लाख ६३ हजार २६१ कित्ता सेयर कात्तिक १ देखि १५ गतेसम्म लिलामीमा ल्याएकोे थियो । लिलामीमा सेयर बाँडफाँडमा नपरेका आवेदकलाई मङ्सिर ७ गतेदेखि पैसा फिर्ता गर्र्ने जनाएको छ । आवेदन फारममा उल्लेख गरिएको खातामा आईपीएस मार्फत रकम ट्रान्सफर गरिने क्यापिटलले उल्लेख गरेको छ ।

कम्पनीले १ कित्ता सेयर बराबर ०.५ कित्ता अनुपातमा भदौ ३ देखि ३१ गतेसम्म ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो ।

यसअघि अरुण काबेली पावरले लिलामीमा ल्याएको लिलामी हकप्रद सेयर बाँडफाँडमा १४६ रुपैयाँ १० पैसा कट अफ मूल्य कायम भएको थियो । १४६ रुपैयाँ १० पैसामा कबुल गर्नेलाई समानुपातिक रूपमा सापेक्षिक भार अनुसार सेयर पाएका थिए ।

कम्पनीले हकप्रद निष्कासन गर्दा विक्री नभएको सर्वसाधारण समूहतर्फको २० लाख १४ हजार ८ सय १७ कित्ता शेयर लिलामीमा ल्याएको थियो । बाँडफाँडमा नपरेको सेयर बापतको रकम फिर्ता मङ्सिर ६ गतेदेखि आईपीएसमार्फत रकमान्तर गरिने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जानकारी दिएको छ ।

अरुण काबेलीले असोज ३० देखि कात्तिक १४ गतेसम्म १ कित्ता बराबर १ कित्ता अनुपातमा १ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता हकप्रद सेयर निकाष्सन गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।