सरकारी लगानी रहेको ग्रामीण विकास लघुवित्तीय वित्तीय संस्था लिमिटेडमा सञ्चालक समिति पुनरगठन भएको छ । अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालक परिवर्तन भएसँगै नयाँ सञ्चालक समिति बनेको हो ।
अर्थ मन्त्रालयले लघुवित्त संस्थामा प्रतिनिधित्व गर्नेगरी शंकरराज पाठक तथा स्वतन्त्र सञ्चालकमा नियुक्त राजेश शर्माको नियुक्ती भएको हो ।
लघुवित्तमा फ्युचर स्टार डिजाइन एण्ड डेभलपर्स प्रालिको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक शिवहरी दंगाल अध्यक्ष छन् । यस्तै अर्थ मन्त्रालयको तर्फबाट शंकरराज पाठक र नेपाल बैंकको तर्फबाट सुशील कुमार नेपाल सञ्चालक रहेका छन् । सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई सञ्चालकमा मनोज कुमार खडका र भरतराज कोइराला छन् । राजेश शर्मा लघुवित्तमा स्वतन्त्र सञ्चालक रहेका छन् ।
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा नेपाल सरकार अर्थ मन्त्रालयबाट प्रतिनिधिभत्व गरेका पाठक र स्वतन्त्र सञ्चालक नियुक्त भएका शर्माले सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकमा पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
