भिजन लुम्बिनी उर्जा कम्पनीले नियुक्त गर्याे सेयर रजिष्ट्रार

0
Shares

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको सेयर रजिष्ट्रार चयन गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार मुक्तिनाथ क्यापिटल लिमिटेड नक्साललाई सेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो ।

यससँगै कम्पनीको धितोपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने, रोक्का राख्ने लगायतको सम्पूर्ण धितोपत्र सम्बन्धी कार्य मुक्तिनाथ क्यापिटल मार्फत हुनेछ ।

कम्पनीको सेयर सूचीकरण हुने प्रकृयामा रहेको छ । कम्पनीले सर्वसाधारणका लागि कात्तिक १६ गतेदेखि २० गतेसम्म आईपीओ विक्री गरि मङ्सिर ५ गते बाँडफाँट गरेको थियो । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी पूरा गरेको मुक्तिनाथ क्यापिटलले नै सेयर रजिष्ट्रारको समेत जिम्मेवारी पाएको हो ।

कम्पनीको आईपीओ गोलाप्रथाबाट २ लाख ७ हजार ५२८ जना आवेदकले हात पारेका छन् । तीमध्ये ५ जनाले ११ कित्ताका दरले सेयर पाएका थिए भने २ लाख ७ हजार ५२३ जनाले १० कित्ताका दरले प्राप्त गरेका छन् । कम्पनीले कात्तिक १६ देखि २० गतेसम्म सर्वसाधारणलाई २० लाख ७५ हजार २८५ कित्ता सेयर बिक्रीमा ल्याएको थियो । कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।