खानीखोला हाईड्रोपावरको एजीएम आह्वान, लगानीकर्तालाई ७ वर्षसम्म पनि छैन लाभांश

0
Shares

खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडले यस वर्ष पनि सेयरधनीको हात खाली बनाएको छ । कम्पनीले लाभांश बिना नै दुई आर्थिक वर्षको संयुक्त साधारण सभा बोलाएको हो ।मंसिर १० मा बसेको सञ्चालक समितिको ८६ औं बैठकले धुम्बराहीस्थित बुधबार धुम्र बाराह पार्टी प्यालेसमा पुस ४ गते बिवहान ११ बजे दशौं तथा एघारौं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।

विसं २०७३ जेठमा आईपीओ निष्कासन गरी साउन ११ गते बाँडफाँड गरेको कम्पनीले पछिल्लो सात वर्षमा कुनैपनि वर्ष लगानीकर्तालाई लाभांश वितरण गर्न सकेको छैन ।

सभाले आर्थिक वर्ष २०७८–२०७९ तथा २०७९–८० को सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गर्ने, आव २०७८–७९ तथा २०७९–८० को लेखापरीक्षण प्रतिवेदन सहितको वासलात तथा नाफा नोक्सान हिसाव पारित गर्ने, आव २०८०–८१ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसैगरी सभाका विशेष प्रस्तावहरूमा कम्पनीको हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने, कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने र नियमावलीको नियम ७ मा हकप्रद सेयर सम्बन्धी व्यवस्था थप गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले मंसिर २२ गते शुक्रबार सेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने जनाएको छ । बुकक्लोज अनुसार मंसिर २१ गते बिहीबारसम्म नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा कारोबार भई सेयर खरिद गरी आफ्नो नाममा सेयर नामसारी भई आएका सेयरधनीहरु मात्रै सभामा भाग लिन योग्य रहनेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।