अपछ कुमार यादवको अध्यक्षतामा लक्ष्मी लघुवित्तमा नयाँ सञ्चालक समिति

अपछ कुमार यादवको अध्यक्षतामा लक्ष्मी लघुवित्तमा नयाँ सञ्चालक समिति

अपछ कुमार यादवको अध्यक्षतामा लक्ष्मी लघुवित्तमा नयाँ सञ्चालक समिति चयन भएको छ । मातृ संस्था लक्ष्मी सनराइज बैंक लिमिटेडबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका ४ जना सञ्चालकहरु मध्ये ३ जना सञ्चालकहरुमा परिवर्तन भएपछि नयाँ सञ्चालक समिति गठन भएको हो ।

लक्ष्मी सनराइज बैंकबाट प्रतिनिधित्व गर्ने गरी नयाँ ३ जना सञ्चालकहरु अपछ कुमार यादव, सुमन प्रसाद गेलाल र ममता पराजुली सञ्चालक समितिमा मनोनित भएको पत्र मंसिर ११ गते दिउँसो ३ बजे बसेको १६८ औं बैठकमा आएसँगै नयाँ बोर्ड गठन भएको हो ।

बैठकले संस्थामा रिक्त रहेको अध्यक्ष पदमा सञ्चालक समितिको मंसिर ११ गते बसेको १६८ औं बैठकले लक्ष्मी सनराइज बैंकबाट प्रतिनिधित्व गरेका सञ्चालक अपछ कुमार यादवलाई संस्थाको अध्यक्ष पदमा सर्वसम्मतीले चयन गरेको हो । यस्तै सञ्चालकहरु मनोहर राज उप्रेती र श्रीमती अनिता उपाध्यायलाई लक्ष्मी सनराइज बैंकले सञ्चालक पदबाट फिर्ता बोलाउने निर्णयको गरेको छ ।

लघुवित्तमा लक्ष्मी सनराइज बैंकबाट प्रतिनिधित्व गर्दै अमित शर्मा, सुमन प्रसाद गेलाल र श्रीमती ममता पराजुली सञ्चालक कायम रहेका छन् । सर्वसाधारणबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा डा. गणेश भट्टराई र श्रीमती सविना उपाध्याय रहेका छन् । लघुवित्तमा सुरज श्रेष्ठ स्वतन्त्र सञ्चालक छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलबार ११ : २० बजे