नबिल बैंकले पुस १३ गते साधारण सभा गर्ने

0
Shares

नबिल बैंक लिमिटेडले ३९ औं वार्षिक साधारण सभा आगामी पुस १३ गते शुक्रबार आह्वान गर्न भएको छ ।  बैंक सञ्चालक समितिको मङ्सिर १४ गते बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले आगामी पुस १३ गते बिहान १० बजे काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सभा बोलाउने निर्णय गरेको हो ।

बैंकको सभाले सञ्चालक समितिले गत आर्थिक वर्ष २०७९–८० को सञ्चित मुनाफाबाट प्रस्ताव गरेको चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

यस्तै बैंकको सभाले सञ्चालक समितिका तर्फबाट बैंकका अध्यक्षबाट सभामा पेश गर्ने आव २०७९–८० को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन र वार्षिक वित्तीय विवरण २०७९ साल श्रावण १ गते देखि २०८० साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्शान हिसाब, नगद प्रवाह विवरण पारित गर्न छलफलका लागि प्रस्तुत हुनेछ ।

साथै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरिक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरी पारित गर्नेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज तोक्न बाँकी छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।