राष्ट्रिय बीमा कम्पनीका सीईओ बरालको राजीनामा स्वीकृत

राष्ट्रिय बीमा कम्पनीका सीईओ बरालको राजीनामा स्वीकृत

राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बरालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

मंङ्सिर १५ गते शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको ३५९ औं बैठकले बरालले दिएको राजीनमा मंङ्सिर १५ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको हो ।

कार्यलयभित्रै कर्मचारी युनियनदेखि अन्य कर्मचारी समेतको साथ र समर्थन नपाएपछि बरालले मंङ्सिर १२ गते व्यक्तिगत र घरायसी कारण देखाउँदै सञ्चालक समितिका अध्यक्ष दिनेश उपाध्यायलाई इमेल मार्फत राजीनामा पत्र बुझाएका थिए ।

तत्कालिन अर्थमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्माको पालामा बराल सीईओ नियुक्त भएका थिए । उनी २०७९ भदौ २३ गते चार वर्षका लागि सीईओ नियुक्त भएका थिए । सीईओ नियुक्त भएको पन्ध्र महीनामा नै उनले राजीनामा दिएका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार १५ : १९ बजे