अपर हेवाखोलाको दुई सञ्चालकको राजीनामा स्वीकृत

0
Shares

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका दुई सञ्चालकको राजीनामा स्वीकृत भएको छ ।

कम्पनीको ११ औं वार्षिक साधारण सभाबाट निर्वाचित सर्वसाधारण सेयरधनीको समुहबाट सञ्चालक पदमा निर्वाचित विनयकुमार तोदी र स्वतन्त्र सञ्चालक पदमा निर्वाचित मणिराज दाहालको राजीनामा स्वीकृत भएको हो ।

२०८० मङ्सिर १३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार दुबै सञ्चालकहरुको राजीनामा स्वीकृत गरिएको हो । राजीनामा स्वीकृत भएसँग निजहरुको सञ्चालक पद रिक्त हुन गएको र रिक्त हुन गएको सञ्चालक पदमा यथासिघ्र चाँडै पदपूर्ति गरिने निर्णय भएको प्रबन्ध सञ्चालक डेडराज खड्काले जानकारी दिए ।

सर्वसाधारण सेयरधनीको समुहबाट सञ्चालक पदमा निर्वाचित विनयकुमार तोदीलाई उमेद्वार मनोनयन गर्ने कम्पनी स्टार डेभलपमेण्ट कम्पनी लिमिटेडको मिति २०८० मंसिर ६ गतेको पत्रबाट फिर्ता बोलाईएकोले हो । यस्तै स्वतन्त्र सञ्चालक मणिराज दाहालले २०८० मंसिर १३ गते व्यवहारिक ारण दर्शाई सञ्चालक पदबाट राजीनामा दिएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।