मेन्छियाम हाइड्रोपावरले तोक्यो बुकक्लोज

0
Shares

मेन्छियाम हाइड्रोपावर लिमिटेडले २०८० पुस २ गते आह्वान गरेको तेस्रो वार्षिक साधारण सभाका लागि मंसिर २४ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने बन्द गर्ने निर्णय गरेको छ ।

रजिष्टर्ड कार्यालय, लैनचौर काठमाण्डौमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को वार्षिक साधारण सभा २०८० साल पुस २ गतेका लागि आह्वान गरेको छ । सभा उक्त दिन लैनचौर बैंक्वेटमा साँझ ५ बजे बोलाएको छ ।

सभाले गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, चालु आवको लागि लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समिति गठन गर्ने सामान्य प्रस्तावहरु पारित गर्ने एजेण्डा छ ।

कम्पनीले उक्त आर्थिक वर्षबाट सेयरधनीलाई लाभांश वितरण गर्ने कुनैपनि प्रस्ताव राखेको छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।