मेट लाइफको नयाँ बोनसदर सार्वजनिक

0
Shares

मेट लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९–८० का लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको गत आर्थिक वर्षसम्मको आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट पारित भएसँगै कम्पनीबाट जारी बीमालेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको बोनसदरअनुसार कम्पनीका बीमितले अधिकतम प्रतिवर्ष प्रतिहजार न्युनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस पाउने भएका छन् । कम्पनीको अर्को बिमाङ्कीय मुल्याङकन बीमा समितिबाट स्वीकृत नभएसम्मको लागि आर्थिक वर्ष २०७९–८० कै बोनसदर मुनाफामा सरिक हुने बीमालेखहरुमा, मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि दाबी भुक्तानी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखहरुमा कायम हुने कम्पनीले जनाएको छ ।

शिक्षा संरक्षण जीवन बीमालेख (एजुकेशन प्रोटेशन प्लान)

मेट लाइफ इन्स्योरेन्सले शिक्षा संरक्षण जीवन बीमालेखको हकमा कम्पनीले न्यूनतम ६० देखि ८० रुपैयाँसम्म बोनसदर कामय गरेको छ । कम्पनीको यस बीमालेखअन्तरगत १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६० रुपैयाँ निर्धारण गरेको छ । यस्तै १६ देखि २० वर्ष अवधिको लागि ७० रुपैयाँ र २१ वर्ष वा सोभन्दा माथिको अवधिका लागि प्रति हजार ८० रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीले सबैभन्दा धेरै १६ देखि २० वर्ष अवधिकोसबैभन्दा धेरै १६ हजार ५ ३४ वटा बीमालेख बिक्री गरेको छ ।

सावधिक जीवन बीमालेख (इन्डोमेन्ट प्लान)

कम्पनीले सावधिक जीवन बीमालेखमा न्यूनतम प्रतिहजार ६० देखि अधिकतम ८० रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको सावधिक जीवन बीमालेखमा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६० रुपैयाँ निर्धारण गरेको छ । यस्तै १६ देखि २० वर्ष अवधिको लागि ७० रुपैयाँ र २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि प्रति हजार ८० रुपैयाँ बोनसदर कायम गरेकोे छ । १ देखि १५ देखि वर्ष अवधिमा कम्पनीले सबैभन्दा धेरै ५ हजार ५६८ वटा बीमलेख बिक्री गरेको छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख

मेट लाइफले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा प्रतिहजार न्यूनतम ४५ देखि ६५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । यस बीमालेख अन्तरगत १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४५ रुपैयाँ, १६ देखि २० वर्षको लागि ५५ रुपैयाँ, २१ वर्ष वा सोभन्दा माथिको अवधिका लागि प्रति हजार ६५ रुपैयाँ बोनसदर कायम गरेकोे छ । यस बीमलेख अन्तरगत कम्पनीले १ देखि १५ वर्ष अवधिको सबैभन्दा धेरै १० हजार २८६ वटा बीमालेख बिक्री गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।