सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित

0
Shares

सांग्रिला डेभलपमेन्ट बैंकको १९ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको प्रस्तावित लाभांश पारित गरेको छ ।

मंसिर २४ गते सम्पन्न बैंकको साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ५.२६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।

बैंकको चुक्ता पूँजी ३ अर्ब २६ करोड ७५ लाख ९१ हजार ७१६ को ५ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.२६३ प्रतिशतले हुन आउने रकम ८५ लाख ९८ हजार ९२५ रुपै नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै आ.व. ०७९/८० को वित्तीय विवरण पारित गरी १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।