नेपाल टेलिकमको एनटी फाइबरका टेलिफोन सेवाग्राहीलाई ५० एमबीपीएस स्पिडको निःशुल्क डाटा

0
Shares

नेपाल टेलिकमले एनटी फाइबर प्रविधि अन्तर्गत हाल टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई परीक्षणको रुपमा एक महिना सम्म डाटा सुविधा निःशुल्क उपलब्ध गराउने भएको छ ।

नेपाल टेलिकमले मंसिर २५ देखि लागु हुनेगरी एनटी फाइबर प्रविधि अन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई प्रोमोसनल अफरका रुपमा एक महिना सम्म निःशुल्क ५० एमबीपीएस स्पिडको डाटा सेवा उपलब्ध गराउने भएको हो ।

यो सेवा प्रयोग गर्नका लागि १९८-१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी) मा अनुरोध गर्न सकिन्छ । त्यसैगरी नजिकको दूरसञ्चार कार्यालयमार्फत पनि यो सुविधा लिन सकिने टेलिकमले जनाएको छ ।

एक जना ग्राहकका लागि यो सुविधा एक पटक मात्र उपलब्ध हुनेछ । एक महिना भन्दा बढी समय सम्म यो सेवा निरन्तर प्रयोग गर्ने इच्छा भएमा सेवाग्राहीले १९८-१ मा कल गरी वा नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सशुल्क रुपमा यो सेवा प्रयोग गर्न सकिने टेलिकमको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।