परराष्ट्र मन्त्रालयकी प्रवक्ता समेत रहेकी सहसचिव सेवा लम्साललाई सचिव पदमा नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मन्त्रालयको सचिवमा सेवा लम्साललाई बढुवा गर्ने निर्णय गरेको हाे ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबारको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयकाे वरिष्ठ सहसचिव लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको जानकारी दिइन् ।
सचिवमा बढुवा भएसँगै लम्साल परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव भएकी छन् । यसअघिका परराष्ट्र सचिव भरतराज पौड्याल अवकाशमा गएपछि लम्साललाई सचिवमा बढुवा गरिएको हो ।
