टर्की एयरलाइन्सले ३५५ एयरबस जेट खरिद गर्ने

0
Shares

टर्किस एयरलाइन्सले आगामी दशकमा ३५५ वटा एयरबस विमानहरू अर्डर गर्ने निर्णय गरेको छ ।

यो एयरलाइन्स विश्वको सबैभन्दा ठूलो वाहक बन्न खोजिरहेको बताइएको छ।

‘३५५ वटा विमान खरिद गर्ने निर्णय भएको छ,’ टर्किस एयरलाइन्सका प्रमुख कार्यकारी बिलाल एक्सीले सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘म हाम्रो देश र हाम्रो कम्पनीको लागि शुभकामना चाहन्छु,’ एक्सीले भने।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।