ज्योति क्यापिटलको अध्यक्षमा प्रकाश बराल नियुक्त


ज्योति क्यापिटल लिमिटेडको अध्यक्षमा प्रकाश बराल नियुक्त भएका छन् । क्यापिटलको पौष १ गते आईतबार सम्पन्न सञ्चालक समितिको ४५ औं बैठकले ज्योति विकास बैंकबाट सञ्चालक मनोनित भई आएका बैंकका नायव प्रमुख कार्यकारी अधिकृत प्रकाश बराललाई क्यापिटलको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

बरालसँग बैंकिङ्ग क्षेत्रको उच्च व्यवस्थापन तहमा १४ वर्ष भन्दा बढीको अनुभव छ । यस्तै बरालसंग भारतको बिडिओ इन्टरनेशनलका साथै नेपाल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड तथा एनआईसी एशिया बैंक लिमिटेडको उच्च व्यवस्थापन तहमा कार्य गरेको अनुभव रहेको छ ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा समेत सञ्चालकको भूमिका निर्वाह गरेका बरालले अन्य विभिन्न संस्थाहरुमा समेत काम गरिसकेका छन् ।

 भारतको आई.सि.ए.आईबाट चार्टर्ड एकाउन्टेन्सी गरेका प्रकाश बरालले त्रिभुवन विश्वविद्यालयबाट एल एल.बिको साथै अर्थशास्त्रमा स्नातकोत्तर समेत गरेका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।