हकप्रद सेयर जारी गर्न माउन्टेन हाइड्रोले बोलायो साधारण सभा


माउन्टेन हाइड्रो नेपाल लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले पुस २३ गते सोमबार कालिमाटी सीता पेट्रोल पम्प सँगै रहेको कालिमाटि व्याक्यूटमा आठौं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । सभा बिहान १० बजे सुरु हुनेछ ।

सभाले हकप्रद शेयर जारी गर्ने विषेश प्रस्ताव पारित गर्नेे छ । यस्तै सभाले आर्थिक वर्ष २०७९\८० को कम्पनीको बार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र सो माथि छलफल तथा स्वीकृत गर्नुका साथै वार्षिक आर्थिक विवरण (वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वित्तिय विवरणहरु) माथि छलफल र स्वीकृत गर्ने छ । यस्तै सभले आर्थिक वर्ष २०८०\८१ को लागि लेखापरिक्षक नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने छ ।

 वार्षिक साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस १३ गते देखि पुस २३ गते सम्म शेयरको दर्ता किताव दाखिल खारेज बन्द गर्ने छ । जसअनुसार पुस १२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहने शेयरधनी मात्र सभामा भाग लिन सक्ने छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।