सेयर बजारमा बिहीबार ३२.७७ अंकको गिरावट आएको छ । यसअघि ७ दिनमा १९३ अंकले बढेको बजार कआठौं कारोबार दिनमा आएर करेक्शन भएको हो । मौद्रिक नीतिको समीक्षाले सेयर बजारमैत्री नीति अपनाएपछि अधिक तरलता रहेको बजारमा नेप्सेले छलाङ्ग मार्दै आएको थियो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ३२.७७ अंकले घटेर २ हजार १०९ दशमलव १० बिन्दुमा अडिएको छ । आज ७६ कम्पनीको सेयर मुल्य बढेको छ भने २२१ कम्पनीको घटेको छ । यस्तै ७ कम्पनीको स्थीर छ । दिनभरमा ३०४ स्क्रिप्टका १ करोड ७१ लाख ७२ हजार १४९ कित्ता सेयर १ लाख ११ हजार ९८० वटा सङ्ख्यामा किनबेच हुँदा कारोबार रकम ६ अर्ब २७ करोड ४३ लाख २४ हजार ८१२ रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन बुधबार ७ अर्ब ९५ लाख रुपैयाँ बराबरको १ करोड ९९ लाख ६३ हजार कित्ता सेयर कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा दैनिक कारोबार रकम ७३ करोड रुपैयाँले घटेको हो ।
बिहीबार शिवम् सिमेन्टको सबैभन्दा धेरै ३० करोड ६८ लाख ६० हजार रुपैयाँको कारोबार भएको छ । यस्तै सोनापुर मिनरल्स एण्ड आयलको २५ करोड ४७ लाख रुपैयाँ, हिमालयन डिष्टिलरीको २० करोड ६ लाख, हाथवे इन्भेष्टमेन्टको १५ करोड ३६ लाख र घोराही सिमेन्टस्को १५ करोठ २३ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । यस्तै रिलायबल नेपाल लाइफ इन्सयोरेन्सको १३ करोड ४३ लाख रुपैयाँ, युनिभर्सल पावरको १३ करोड ३४ लाख रुपैयाँ, माउन्टेन इनर्जी लिमिटेडको १२ करोड ७९ लाख रुपैयाँ, नेपाल रिपब्लिक मिडियाको ११ करोड ९३ लाख रुपैयाँ र चिलिमे हाइड्रोपावरको ११ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

बजार घटेपनि आज १० कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ । पाँच कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतशतले बढ्दा थप पाँच कम्पनीका लगानीकर्ताले पनि दश प्रतिशत हाराहारीमा नै कमाएका हुन् । बोटलर्स नेपाल बालाजू, आशा लघुवित्त, धौलागिरी लघुवित्त, विपीडब्लु लघुवित्त, चिरख्वा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै पाँच कम्पनीहरु भिजन लुम्बिनी उर्जा कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल रिपब्लिक मिडिया, मान्डू हाइड्रोपावर र नेपाल वेयर हाउजिङ्गका लगानीकर्ताले ९.९६ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।
सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ७.४४ प्रतिशतले गुमाउँदा उन्नति सहकार्य लघुवित्तको ७.२६ प्रतिशत, सनराइज फस्ट म्युचुअल फन्डको ६.९४, ग्रामीण विकास लघुवित्त ६.८१ र युनियन हाइड्रोपावरको ६.५२ प्रतिशतले सेयर मूल्य घटेको छ । घलेम्दी, नेरुडे, सूर्यदय वोमी, एनआईसी एशिया ग्रोथ फन्ड र रावा इनर्जीको मूल्य पनि ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
