नेपाल टेलिकमले ४०% लाभांश दिने


नेपाल टेलिकम लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीको पुस ५ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

निर्णय अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गर्ने छ । प्रस्तावित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भई अगाामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।