मिथिला र उपकार लघुवित्तको साधारण सभा आह्वान

मिथिला र उपकार लघुवित्तको साधारण सभा आह्वान

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र उपकार लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण सभा आह्वान गरिएको छ ।

मिथिला लघुवित्तले पुस २८ गते न्यू पौवा होटल एण्ड गेष्ट हाउस, मिथिला नगरपालिकामा बिहान ११ बजे १५ औं वार्षिक साधारण सभा बोलाएको छ । यस्तै उपकार लघुवित्तले पुस २८ गते होटेल ट्रीटप ह्याभेन कोहलपुर ११ बाँके मा बिहान १० बजे पाँचौ वार्षिक साधारण सभा डाकेको छ ।
दुबै कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई बोनस तथा नगद कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेका छैनन् ।

मिथिलाको सभाले मिथिला लघुवित्त तथा अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारणको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

यस्तै उपकार लघुवित्तको सभाले पनि उपकार लघुवित्त वित्तीय संस्था र अन्य कुनै पनि लघुवित्त वित्तीय संस्था मर्ज तथा प्राप्ती सम्बन्धी प्रक्रिया अगाडि बढाउनको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले सर्वसाधारण समुहबाट सञ्चालक निर्वाचन गरी नियुक्ती पनि गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि मिथिला लघुवित्तले पुस १६ गते सोमबार र उपकार लघुवित्तले पुस १८ गते बुधबार बुकक्लोज तोकेका छन् । बुकक्लोजको आधारमा बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्र सम्बन्धीत कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ पुस २०८०, शुक्रबार १४ : ४१ बजे