अपि पावरको साधारण सभा पुस २७ मा

0
Shares

अपि पावर कम्पनी लिमिटेडको २० औं वार्षिक साधारण सभा पुस २७ गते हुने भएको छ ।

कम्पनी सञ्चालक समितिको पुस५ गते सम्पन्न बैठकले बानेश्वर ब्योक्वेट थापागाउँ काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । बैठकले गत आर्थिक वर्षबाट सेयरधनीलाई कुनैपनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

सभाले कम्पनीले नयाँ आयोजनाहरुको पहिचान,विकास,प्रबद्र्धन गर्न लगानी गर्ने तथा अन्य कम्पनीबाट समेत प्रवद्र्धन भइ विकास तथा निर्माण भइरहेको जलविदुत आयोजनाहरुमा लगानी गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै सभाले गत अर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १८ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १७ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।