नेपाल बैंकले डाक्यो पुस २९ गते साधारण सभा

0
Shares

नेपाल बैंक लिमिटेडले पुस २९ गते ६४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । प्रधान कार्यालय काठमाडौंको धर्मपथमा बैंकले उक्त दिन बिहान ११ बजे साधारण सभा बोलाएको हो । बैंकको पुस ६ गते बसेको संचालक समितिको बैठकले उक्र सभाको मिति तय गरेको हो ।

गत आवको मुनाफाबाट कुनैपनि लाभांश नदिएको बैंकको सभाले गत आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, चालू आर्थिक वर्ष २०८०–८१ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि बैंकले पुस २० गते शुक्रबार बुकक्लोज गर्ने भएको छ । बुकक्लोज अनुसार पुस १९ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।