कालिमाटी ट्रेड सेन्टरले बुढानिलकन्ठमा अपार्टमेन्ट निर्माण गर्दै, ७० करोड ऋण लिने

0
Shares

बिजनेस कम्प्लेक्सका रुपमा सञ्चालनमा रहेको कालिमाटी ट्रेड सेन्टरले हाल बूढानिलकन्ठमा अपार्टमेन्ट निर्माण गरिरहेको छ । सोही अपार्टमेन्ट निर्माणका लागि कम्पनीले ७० करोड ऋण लिने भएको छ ।

कुल १ अर्ब ८९ करोड लगानीमा बूढानिलकन्ठमा निर्माण गरिरहेको अपार्टमेन्टको निर्माण कार्य हाल प्रारम्भिक चरणमा रहेको छ । कुल लगानी मध्ये ५० करोड ऋण, १ अर्ब २१ करोड कस्टुमरहरुको एड्भान्स र १३ करोड लगानीकर्ताहरको लगानीमा उक्त अपार्टमेन्ट निर्माण भइरहेको हो ।

प्रख्यात रियलस्टेट व्यवसायी कालु गुरुङको नेतृत्वमा कम्पनीले अपार्टमेन्ट निर्माण गरिरहेको छ । पछिल्लो समयमा मानिसहरु घर जग्गाको तुलनामा अपार्टमेन्ट खरिदमा केन्द्रीकृत भएका छन् । जसकारण काठमाडौंमा अपार्टमेन्टको र्चाम बढ्दै गएको छ। सन् २०२६ को जनवरी महिनाबाट सञ्चालनमा ल्याउने लक्ष्यका साथ निर्माण भइरहेको यस अपार्टमेन्टबाट निर्माताहरुलाई फाइदा हुने देखिन्छ ।

कम्पनीले ७० अर्ब रुपैयाँ बराबरको कर्जाका लागि साख मूल्यांकन गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले ६७ करोड ४५ लाख बराबरको दीर्घकालीन कर्जाका लागि बी र २ करोड ५५ लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

कालिमाटी ट्रेड सेन्टरले आर्थिक वर्ष २०२३ मा ४ करोड ९० लाख सञ्चालन आम्दानी गरेको छ । गत वर्ष ३ करोड ३० लाख आम्दानी गरेको कम्पनीको सञ्चालन आम्दानी आव २०२३ मा ४८.४८ प्रतिशतले बढेको छ । तथापि कम्पनीका अन्य वित्तीय सूचांकहरुमा सञ्चालन आम्दानीमा भएको वृद्धिको प्रभाव देखिएको छैन।

ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा गत आवमा कुल सञ्चालन आम्दानीको १३.६० प्रतिशत थियो भने यो वर्ष आम्दानीमा उल्लेख्य रुपमा वृद्धि भएतापनि नाफा १०.१७ प्रतिशतमा खुम्चिएको छ ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।