सिटी होटलको सञ्चालकमा सर्वसाधारणको तर्फबाट कोइराला निर्वाचित

0
Shares

पुँजी बजारका अभियन्ता तिलक कोइराला सर्वसाधारण सेयरधनीकोतर्फबाट सिटी होटलको सञ्चालकमा निर्वाचित भएका छन् ।

होटलको आज काठमाडौंमा भएको आठौ साधारण सभामा कोइरालालाई सञ्चालक चयन गरेको हो । गत वर्ष सर्वसाधारणमा सेयर जारी गरेको होटलले पहिलोपल्ट सर्वसाधारण सेयरधनीकोतर्फबाट सञ्चालकको निर्वाचन गरेको हो । कोइरालाले २ लाख ५० हजार भन्दा बढी मतभार पाउँदा उनका प्रतिद्वन्दीले साढे चार सय मत मात्र पाएका थिए ।

साधरण सभाले अध्यक्षले सभामा प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, लेखापरीक्षण सहितको वार्षिक प्रतिवेदन स्वीकृत तथा चालू आवका लागि लेखापरिक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

साथै कम्पनीको अधिकृत पुँजी दुई अर्बबाट पाँच अर्ब बनाउने प्रस्ताव पनि पारित गरेको छ । भर्खरै सञ्चालनमा आएको होटलले यसपालि लाभांश भने वितरण गरेन ।

गोल्यान समुहको लगानीमा काठमाडौमा संचालनमा ल्याएको होटललाई हायात समुहले हायात प्यालेस ब्राण्डमा व्यस्थापन सम्हालेको छ । होटल संचालक समितिका अध्यक्ष शक्तिकुमार गोल्यान छन् ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।