माउन्टेन इनर्जी नेपालले बढायो लाभांश

0
Shares

माउन्टेन इनर्जी नेपालले बढाएर लाभांश घोषणा गरेको छ । पुस २२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैठकले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७८–७९ बाट कम्पनीले कुल १०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

आर्थिक वर्ष २०७९–८० बाट प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृति भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले २०७७ कार्तिकमा कर्मचारी, सामूहिक लगानी कोषहरु र तथा सर्वसाधारणंका लागि १९ लाख ६८ हजार २७ कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

कम्पनीले हाल नुवाकोट जिल्लाको सुन्दरादेवी गाउँपालिकामा पाँच मेगावाटको तादी खोला (थप्रेक) जलविद्युत् आयोजना तथा म्याग्दी जिल्लाको नारच्याङ गाउँपालिकामा ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।