सेयर बजारमा साढे नौ अंकको सुधार, ५ अर्ब १३ करोडको कारोबार

0
Shares

यस साताको चौथो कारोबार दिन बुधबार नेप्से साढे नौ अंकले उकालो लाग्दा ५ अर्ब १३ करोड बढीको सेयर किनबेच भएको छ । यस दिन नेप्से ९.५० अंकले बढेर २ हजार ८९ दशमलव ६२ विन्दुमा बन्द भयो ।

आजको बजारमा ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नेप्से बढेपनि कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको हो । अघिल्लो ६ अर्बभन्दा बढीको सेयर किनबेच भएकोमा आज ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँ बराबरको १ करोड ३४ लाख ७७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक घटेको छ भने ६ उपसमूहको परिसूचक बढेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, हिमालयन रि इन्स्योरेन्स, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयर हाउजिङ्ग कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । छिमेक लघुवित्तको सेयरमूल्य सर्वाधिक ५(९५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि सोनापुर मिनरल्स एण्ड आयलको सबैभन्दा धेरै ३२ करोड ७८ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो । त्यसैगरी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको करिब २९ करोडको खरिदबिक्री भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम साढे १५ करोड नाघेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।