सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय, ५ लाख जरिवाना


क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद हुने भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले उनलाई ८ वर्ष कैदको सजाय सुनाएको छ ।यसैगरी, लामिछानेबाट ५ लाख रुपैंया क्षतिपूर्ति र जरिवाना पीडितलाई भराउनुपर्ने आदेश पनि अदालतले गरेको छ।

बुधबार बलात्कार आरोपमा दोषी ठहर भएको मुद्दामा बहस गरिएको थियो जसबाट लामिछानेको सजाय निर्धारण गरिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।