नेपाल सुनचाँदी ब्यवसायी महासंघले उद्योगहरुका लागि चाँदी आयात खुल्ला गर्न आग्रह गरेको छ ।
महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बिहिबार गएको प्रतिनिधीमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सँग यस्तो आग्रह गरेको हो ।
महासंघका अध्यक्ष शाक्यले हाल कायम रहेको ब्यवस्थाले उद्योगी ब्यवसायीको लागत बढी पर्न गएको र त्यसले प्रतिष्पर्धी क्षमता घटाएकोले आयातको सिमालाई खुल्ला गर्नुपर्ने खाँचो औंल्याए । हाल एक पटकमा ६० हजार डलर सम्मको सिमामा रहेर चाँदी आायत गर्न पाउने ब्यवस्था रहेको छ ।
उनका अनुसार महासंघको प्रतिनिधीमण्डलले खपतका आधारमा चाँदीको आयात खुल्ला गर्न केन्द्रिय बैंकको ध्यानाकर्षण गराएको हो ।
ब्यवसायीको आग्रहलाई सम्वोधन गर्दै गभर्नर अधिकारीले आफूले ब्यवसायीको मागलाई सकारात्मक रुपमा लिएको बताए ।
त्यसक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर द्धय निलम ढुङगाना, बमबहादुर मिश्र तथा महासंघका तर्फवाट उपाध्यक्ष पवनकुमार सोमानी, कार्यवाहक महासचिव किरणभाई बज्राचार्य, प्रवक्ता मनोजकुमार साह लगायतको उपस्थिति रहेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया