गरिमा विकास बैंकको बोनस सेयर पारित

0
Shares

गरिमा विकास बैंक लिमिटेडको सत्रौं बार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका स्थित होटल पोखरा ग्राण्ड, पोखरामा पुस २९ गते आइतबार सम्पन्न भएको सभाले सेयरधनीहरुलाई ९.५० प्रतिशत बोनश सेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश गरी जम्मा १०% लाभांश वितरण गर्ने प्रश्ताव पारित गरेको हो ।

हाल ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैंया चुक्ता पुँजी रहेको विकास बैंकको साधारण सभाबाट पारित ९.५० प्रतिशत बोनश सेयर वितरणपश्चात चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैयाँ पुगेको छ ।

साधारण सभाको लागि २०८० पौष १७ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०८० पुस १६ गतेसम्म कायम विकास बैंकका सेयरधनीहरुले साधारण सभाबाट पारित बोनश सेयर प्राप्त गर्नेछन् ।

बैंकको सत्रौं बार्षिक साधारण सभाले विकास बैंकको अधिकृत पुँजी वृद्धि गरी ५ अर्ब ७० करोड बनाउने, आ.व. २०८०÷८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रश्तावहरm पारित गरेको छ ।

विकास बैंकका हाल देशभर १२३ शाखा कार्यालय र ५१ वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै बैंकले हालसम्म करिब ८० अर्ब निक्षेप संकलन गरी करिब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।