प्रोग्रेशिभ फाइनान्सको साधारण सभा माघ २२ मा हुने

0
Shares

प्रोग्रेशिभ फाइनान्स लिमिटेडले २६ औं वार्षिक साधारण सभा माघ २२ गते हुने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले उक्त दिन ललितपुरस्थित ज्यापू प्रज्ञा भवनमा दिउँसो ११ बजे सभा बोलाउने निर्णय गरेको छ ।

सभाले आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९र८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले सञ्चालक समितिमा बाँकी कार्यकालका लागि भएको सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ ७ गते आइतबार बुकक्लोज गर्ने भएको छ । बुकक्लोजको आधारमा माघ ४ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।