माछापुच्छ्रे बैंकको १ करोड बढी संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम

0
Shares

माछापुच्छ्रे बैंक लिमिटेडले १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।  बैंकले पुस २५ देखि बिक्रीमा ल्याएको संस्थापक समूह तर्फको उक्त सेयरमा आज माघ २ गतेसम्म आवेदन दिन सक्नेछन् ।

संस्थापक सेयरधनीहरुमा बिक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्री खुला गरिएको हो । इच्छुकले आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रिय कार्यालय सुन्धारा, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

उक्त सेयरको बिक्री मूल्य न्यूनतम मूल्य ११५ रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम १० लाख कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।