लोवर इर्खुवा हाइड्रोले आइपीओ निष्कासन गर्दै, बिक्री प्रबन्धकमा ज्योति क्यापिटल


लोवर इर्खुवा हाइड्रोपावर लिमिटेडले २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बरारबरको २८ लाख ५ हजार ७५० कित्ता साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँमा आईपीओ निष्काशन गर्न लागेको हो । आइपीओ निष्कासन गर्न मंगलबार ज्योति क्यापिटल र हाइड्रोपावर कम्पनीबीच सेयर प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र लोवर इर्खुवा हाइड्रोपावर लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक विश्वेश्वर सुवेदीले हस्ताक्षर गरेका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।