गरिमा विकास बैङ्कद्वारा ‘फाइभ इन वान बचत खाता’ सार्वजनिक


गरिमा विकास बैङ्कले ग्राहकहरूका लागि गरिमा ‘फाइभ इन वान बचत खाता’ सेवा सार्वजनिक गरेको छ । ग्राहकहरूलाई सहज र सरल रूपमा डिजिटल शेयर ट्रेडिङ प्लेटफर्म समेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्रारम्भ गरेको हो ।

उक्त बचत खातामा ग्राहकहरूले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो शेयरको र सि आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैङ्कले जनाएको छ ।

यस खाताअन्तर्गत ग्राहकहरूले न्यूनतम एक हजार रुपैयाँमा खाता खोली निःशुल्क सेवा अन्तर्गत मोबाइल बैकिङ्ग , वेव बैकिङ्ग, एटीएम, सि आस्वा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीहरूबाट डिम्याट ,सेयर ट्रेडिङ र मेरो शेयर खाता साथै लकरमा पचास प्रतिशतसम्म छुटको सुविधा रहने बैङ्कले जनाएको छ ।

उक्त सेवा मार्फत नयाँ तथा पुराना ग्राहक महानुभावहरूले गरिमा विकास बैङ्कका कुनै पनि शाखाबाट सहजै खाताहरू खोल्न सक्ने बैङ्कले जनाएको छ । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैकले नेपालको विभिन्न शहरी तथा ग्रामीण जिल्लाहरूमा १२३ शाखा कार्यालय ५१ एटिएमबाट करिब ८ लाख ग्राहकहरुलाई बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।