प्रशोधित पाम आयलको निर्यातमा उच्च गिरावट, सुन आयात पनि घट्यो

0
Shares

विदेशबाट कच्चा पदार्थ आयात गरी उच्च रुपमा निर्यात हुँदै आएको प्रशोधित पाम आयलको निर्यातमा भारी गिरावट आएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक तथ्यांकले यस्तो देखाएको हो ।

ठूलो मात्रामा कच्चा पाम आयल आयात हुने र प्रशोधन भई विभिन्न चरणमा सबैभन्दा धेरै निर्यात हुने गरेको पाम आयलको निर्यातमा पछिल्लो समयमा निरन्तर गिरावट आएको हो ।

विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक अवधिमा नेपालबाट २ अर्ब ९० करोडको मात्र प्रशोधित पाम आयल निर्यात भएको छ । जबकी गत आर्थिक वर्षको यसै अवधिमा १३ अर्ब ९ करोड बराबरको प्रशोधित पाम आयल निर्यात भएको थियो ।

चालु आवको ६ महिनाको अवधिमा सबैभन्दा धेरै निर्यात हुने वस्तुमा फलामे पाता रहेको छ । यस अवधिमा ६ अर्ब १४ करोडको फलामे पाता निर्यात भएको छ । त्यस्तै चालु आवको ६ महिनाको अवधिमा नेपालबाट उच्च निर्यात हुने वस्तुमा सेन्थेटिक यान, उनी गलौचा कार्पेट, तयारी कपडा, अलौची, फलफुलको जुस, प्लाइउड, प्रशोधित पाम तेल, जमोठ कपडा तथा जुटका बनिएका कपडाहरु धेरै निर्यात भएका छन ।

यसअवधिमा ५ अर्ब ७० करोडको सेन्थेटिक यान, ५ अर्ब २३ करोडको उनी गलौचा कार्पेट, ४ अर्ब ६७ करोडको तयारी कपडा, ३ अर्ब ९१ करोडको अलौची, ३ अर्ब ८१ करोडको फलफुलको जुस, ३ अर्ब ५३ करोडको प्लाइउड, २ अर्ब ९० करोडको प्रशोधित पाम तेल, २ अर्ब ४८ करोडको जमोठ २ अर्ब ४४ करोडको कपडा तथा जुटका बनिएका कपडाहरु धेरै निर्यात भएका छन ।

भन्सार विभागका अनुसार गत आवको तुलनामा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सुन आयातमा गिरावट आएको छ । यस अवधिमा ११ अर्ब ८९ करोडको मात्र सुन आयात भएको छ । गत वर्षको यसै अवधिमा २९ अर्ब २० करोडको सुन आयात भएको थियो ।

सबैभन्दा धेरै आयात हुने वस्तुमा डिजेल पहिलो नम्बरमा रहेको छ । चालु आवको पुस मसान्तसम्ममा ६६ अर्ब ४९ करोडको डिजेल आयात भएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा भने कम हो । यसैगरी धेरै आयात हुनेमा पेट्रोल, एलपी ग्याँस, एचआर सीट, शुद्ध फलाम, तयारी कपडा, मोबाइल टेलिफोन, अन्य एलोपेथिक औषधि, विद्युतिय जिप कार र भ्यानहरु तथा सुन आयात भएको छ ।

विभागका अनुसार चालु आवको ६ महिनाको अवधिमा ३३ अर्ब ९२ करोडको पेट्रोल, २५ अर्ब ४६ करोडको एलपी ग्याँस, २२ अर्ब ३६ करोडको एचआर सीट, १९ अर्ब ३७ करोडको शुद्ध फलाम, १८ अर्ब ७४ करोडको तयारी कपडा, १५ अर्ब ६७ करोडको मोबाइल टेलिफोन, १३ अर्ब २७ करोडको अन्य एलोपेथिक औषधि, १३ अर्ब १२ करोडको विद्युतिय जिप कार र भ्यानहरु तथा ११ अर्ब ८९ करोडको सुन आयात भएको छ ।

चालु आवको ६ महिनाको अवधिमा सरकारले डिजेल आयातबाट सबैभन्दा धेरै राजश्व संकलन गरेको छ । यस अवधिमा २५ अर्ब २८ करोड राजश्व संकलन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा भन्दा धेरै हो ।

त्यस्तै पेट्रोल आयातबाट १९ अर्ब ४४ करोड, जिप कार र भ्यानहरुबाट ७ अर्ब ५४ करोड, तयारी कपडाबाट ६ अर्ब ५० करोड, विद्युतीय जिप कार र भ्यानबाट ५ अर्ब ७९ करोड, एलपि ग्यासबाट ४ अर्ब ७५ करोड, मोटरसाइकल अन एसेम्बल्डबाट ४ अर्ब ५ करोड, मोटरसाइकलबाट ३ अर्ब ४१ करोड, एचआरटिबाट ३ अर्ब ११ करोड तथा मोबाइल टेलिफोन आयातबाट २ अर्ब ९२ करोड राजश्व संकलन गरेको छ ।

चालु आर्थिक वर्ष (आव) २०८०/८१ को ६ महिनामा भन्सार राजस्वबाट २ खर्ब १० करोड रुपैयाँ उठेको छ । यो गत आवको यसै अवधिको तुलनामा ६.३४ प्रतिशत धेरै हो । गत आवमा सरकारले १ खर्ब ८८ अर्ब १७ करोड बराबर राजस्व उठाएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।