नेप्से घटेपनि अप्पर स्याङ्गे र मिड सोलु हाइड्रोका लगानीकर्ता मालामाल

0
Shares

सेयर बजार मापक सूचक नेप्से सोमबार ३१ अंकले घटेपनि अप्पर स्याङ्गे हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको सेयरमा लगानी गरेका लगानीकर्ताहरु भने मालामाल भएका छन् ।

यसदिन अप्पर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशत तथा मिड सोलु हाइड्रोपावरको सेयर मूल्य ९.४६ प्रतिशतले बढेको हो । यससँगै अप्पर स्याङ्गेको प्रतिकित्ता ५५२ र मिड सोलुको प्रतिकित्ता मूल्य ६१३ रुपैयाँ पुगेको छ ।

तेस्रोमा आशा लघुवित्तको ६.६९ प्रतिशत, ङाग्दी ग्रुप पावरको ३.८१, मैलुङ खोला जलविद्युतको २.८६, जोशी हाइड्रोपावरको २.७५, सन नेपाल लाइफ इन्स्योरेन्सको २.७३, अपि पावरको २.६८, साधना लघुवित्तको २.६७ र बाराही हाइड्रोपावरको सेयर मूल्य २.४४ प्रतिशतले बढेको छ ।

उता आजको बजारबाट दोर्दी खोला जलविद्युतका लगानीकर्ताले सर्वाधिक ८.३३ र हिमालयन लघुवित्तका सेयरधनीले ७.२७ प्रतिशतले गुमाएका छन् । दोर्दी खोलाको मूल्य ३५ रुपैयाँ घटेर ३८५ र हिमालयन लघुवित्तको ५१ रुपैयाँ ५० पैसाले घटेर ६५६ रुपैयाँ ५० पैसामा झरेको छ ।

त्यसैगरी, आजको बजारमा लिवर्टी इनर्जी कम्पनीको ६.७८, रिडी पावरको ६.७३, मकर जितुमाया सुरी हाइड्रोपावरको ६.५७, मनकामना स्मार्ट लघुवित्तको ६.११, अप्पर तामाकोशी हाइड्रोपावरको ५.६३, त्रिशुली जलविद्युत कम्पनीको ५.५२, सुपर माई हाइड्रोपावरको ५.३० र हिमालयन रि इन्स्योरेन्सको सेयर मूल्य ५.१५ प्रतिशतले घटेको छ । यससँगै हिमालयन रि इन्स्योरेन्सको सेयरको भाउ प्रतिकित्ता ६४६ रुपैयाँमा झरेको छ ।

कम्पनीको सेयरको भाउ अधिकतम ७०९ रुपैयाँसम्म पुगेर फर्किएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।