माघ २२ मा संघीय संसदको अधिवेशन बोलाउन सरकारको सिफारिस

0
Shares

सरकारले २२ माघमा संघीय संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले २२ माघमा राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिनको ४ बजे बस्ने गरी अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सरकारले गत १६ कात्तिकमा संसदको वर्षे अधिवेशन अन्त्य गरेको थियो ।

बैठकले जापान सरकारबाट कोटेश्वर क्षेत्रको सडक पूर्वाधार निर्माण कार्यान्वयनका लागि प्रस्तावित ३४ अर्ब ४९ करोड जापानी येन (करिब ३१ अर्ब दुई करोड) बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिमरुप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।

राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियमन १६ को उपनियम १० को खण्ड (क) बमोजिम डा असिम भण्डारीलाई राष्ट्रिय एन्टीडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।