पुवाखोला वान हाइड्रोले साढे १९ करोडको आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल

0
Shares

पुवाखोला वान हाइड्रोपावर लिमिटेडले १९ करोड ४६ लाख ६६ हजार रुपैयाँ बराबरको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका विदेशमा रहेका नेपाली र आम सर्वसाधारणका लागि प्रति सेयर अंकित मूल्य एक सय रुपैयाँ दरका १९ लाख ४६ हजार ६६० कित्ता आईपीओ निश्कासन गर्ने भएको हो ।

उक्त सार्वजनिक निष्कासनका लागि बिहीबार कम्पनी र लक्ष्मी सनराइज क्यापिटल (एलएस क्यापिटल) बीच धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धि सम्झौता सम्पन्न भएको छ । उक्त समझदारीपत्रमा एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र पुवा खोला वन हाइड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक कदम केसीबीच औपचारिक सम्झौता भएको छ । यो रणनीतिक सहकार्यले आईपीओ जारी गर्ने प्रक्रियाको प्रभावकारी कार्यान्वयनको दिशामा महत्वपूर्ण कदम रहेको बताइएको छ ।

पुवाखोला–वान हाइड्रोपावर लिमिटेडको इलाम जिल्लामा अवस्थित ४ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।