ब्यापारिक घराना बिशाल ग्रुपको विशेष साधारण सभा माघ २८ गते हुने भएको छ ।
कम्पनीको माघ १० गते बुधवार बिहान ११ः३० बजे बसेको सञ्चालक समितिको बैठकले माघ २८ गते कम्पनीको रजिष्टर्ड कार्यालय थापाथलीमा बिहान ११ बजे विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो ।
कम्पनीको विशेष साधारण सभाले साविक नियमावलीको नियम ५ र प्रबन्धपत्रको दफा ६ को उपदफा क, ख, ग, घ र ङ मा आवश्यक संसोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव सम्बन्धमा छलफल गरी पारित गर्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
