पुवाखोला–वान हाइड्रोपावर लिमिटेड कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव सहित वार्षिक साधारण सभा आह्वान गरेको छ ।
माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले २०८० फागुन ३ गते, बिहीबार बिहान ११ युनियन हाउस प्रालि अनामनगरमा भौतिक तथा भर्चुअल माध्यमबाट छैठौ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।
कम्पनीले प्रविधिको अधिकतम प्रयोग गरी धेरैभन्दा धेरै सेयरधनीहरुलाई देशका विभिन्न स्थान र विदेशबाट समेत साधारण सभामा उपस्थिति जनाउने तथा कम्पनीको बारेमा अधिकतम जानकारी लिई कम्पनीको स्तरउन्नतीको लागि सेयरधनीबाट अधिकतम सुझाव लिई कम्पनीको प्रगतीको लागि थप उर्जा थप्नका लागि दुबै माध्यमलाई प्रयोग गर्ने निर्णय गरेको हो ।
कम्पनीको साधारण सभाको विशेष प्रस्तावमा प्रारम्भिक सेयर (आईपीओ) निष्काशन गर्ने तथा सेयर निष्कासन गर्दा सर्वसाधारणका लागि बिक्री गरिने र संस्थापक सेयरको अनुपातलाई संशोधन गर्ने प्रस्ताव रहेको छ ।
पुवाखोला वान हाइड्रोले साढे १९ करोडको आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल
यसैगरी कम्पनीद्वारा प्रवद्र्धित आयु मलुन खोला जलविधुत आयोजना (२१ मेगावाट) को विद्युत उत्पादन अनुमतिपत्र आयु मोलुङ हाइड्रोपावर प्रालिको नाउँमा हस्तान्तरण गर्ने सम्बन्धमा छलफल हुने भएको छ । सभाले कम्पनीको जगेडा सेयर बिक्री गर्ने तथा कम्पनीको अधिकृत पुँजी र जारी पुँजी वृद्धि गर्ने सम्बन्धमा समेत निर्णय गर्नेछ । साथै कम्पनीमा हाल डाइरेक्टर एडभान्स्डको रुपमा रहेको रकमलाई कम्पनीको सेयरमा कायम गर्ने र सोको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने भएको छ ।
यसैगरी कम्पनीको प्रबन्धपत्र र नियमावलीमा कुनै संशोधन गर्नुपरेमा वा प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदल वा सुझाव आएमा आवश्यक संशोधन समायोजन गर्न सम्पूर्ण अतिवारी सञ्चालन समितिलाई दिने र कम्पनीको आयोजना, संरचना बिक्री वा हस्तान्तरणको लागि आवश्यक प्रकृया पूरा गर्न गर्नुपर्ने सम्पूर्ण काम कारवाहीका लागि अख्तियारी सञ्चालन समितिलाई दिने निर्णय गर्नेछ ।
छैठौ वार्षिक साधारण सभाका अन्य प्रस्तावहरुमा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने प्रतिवेदन, आव २०७९–८० को लेखापरिक्षण प्रतिवेदन तथा वासलात, नाफा नोक्सान हिसाबसहितको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र आव २०८०–८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक तोक्ने सम्बन्धमा निर्णय हुनेछ । साथै नयाँ परियोजनामा लगानी गर्ने र सञ्चालक समितिका अध्यक्षको राजिनामा स्वीकृत गरी बाँकी अवधिको लागि सञ्चालक समितिको अध्यक्षको चयन हुने भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
