माउन्टेन इनर्जीको मुनाफा समान्य घट्यो, रिटेन्ड अर्निङ्गमा डेढ १ अर्ब सञ्चित

0
Shares

माउन्टेन इनर्जी नेपाल लिमिटेडको खुद नाफा सामान्य घटेको छ । विद्युत बिक्री आम्दानी घटेसँगै त्यसको असर मुनाफामा परेको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.१८ प्रतिशतले घटेर ७३ करोड ५२ लाख ९२ हजारमा सीमित भएको छ । अघिल्लो पुसमा ७४ करोड ४० लाख ५२ हजार रुपैयाँ थियो । यस्तै कम्पनीको खुद नाफा १.६३ प्रतिशत घटेर ३५ करोड ६३ हजार कायम छ । अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्ममा खुद नाफा ३५ करोड ५८ लाख रुपैयाँ थियो ।

कम्पनीले ५ मेगावाटको तादी खोला जलविद्युत आयोजनाबाट २०७९ चैत १४ गतेदेखि र ४२ मेगावाटको मस्त्री खोला आयोजनाबाट २०७८ असार ३ गतेदेखि व्यापारीक उत्पादन गरिरहेको छ । कम्पनीको सञ्चालन नाफा ४९ करोड ३४ लाख ६० हजार रहेको छ । अघिल्लो पुसमा ५० करोड ७७ लाख ७८ हजार रुपैयाँ थियो ।

चुक्ता पुँजी १ अर्ब ९६ करोड ८० लाख २७ हजार रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ्ग १ अर्ब ५२ करोड १७ लाख १५ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नाफासँगै कम्पनीको प्रति सेयर आम्दानी पनि घटेको छ । कम्पनीको इपीएस ५९ पैसा घटेर ३५ रुपैयाँ ५८ पैसा कायम भएको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रति सेयर नेटवर्थ १७७ रुपैयाँ ३२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८.४० गुणा छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।