माउन्टेन ग्लोरी लिमिटेडले ४ लाख कित्ता सेयर बिक्रीमा ल्याउँदै, बिक्री प्रबन्धकमा एलएस क्यापिटल


माउन्टेन ग्लोरी लिमिटेडले सर्वसाधारणहरुको लागि ४० लाख कित्तँ सेयर बिक्रीमा ल्याउने भएको छ ।  कम्पनीले १०० रुपैयाँ अकिंत दरको ४० लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

जसको लागि कम्पनीले लक्ष्मी सन्राइज बैंकको सहायक कम्पनी एल एस क्यापिटल लिमिटेड, नयाँ बानेश्वर, काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट अध्यक्ष शुनिल भक्त श्रेष्ठ तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता भएको हो ।

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४० प्रतिशत लगानी रहेको उक्त रिसोर्टले रकम ४० करोड रुपैयाँको शेयर निकट भविष्यमा निष्काशन गर्ने योजना रहेको छ । शेयर निष्काशन पश्चात कोठाहरु थप गरी विदेशी होटल संग अनुबन्धन गरे पश्चात पाँच तारे होटलकोे रुपमा सेवा उपलब्ध गराउने योजना कम्पनीको रहेको छ ।

हाल जारी पूँजी १ अर्व ५० करोड रुपैयाँ रहेको माउन्टेन ग्लोरी लिमिटेडले पोखराको दोभिल्ला स्थीत करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको ६४ कोठा सहित बिषेश सुविधा सम्पन्न रिसोर्टको रुपमा माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरी सुविधा उपलब्ध गराउदै आएको छ ।