पूर्ण रुपमा स्वदेशी लगानी बाट सञ्चालन भएको राईड शेयारिङ्ग कम्पनी “प्राईमसेवा” ले राईडर र प्रयोगकर्ता दुबैलाई विभिन्न अफर ल्याएको छ ।
नेपाली युवाहरुले सञ्चालन गरेको कम्पनी प्राईमसेवा एप्स मार्फत ६४ भन्दा बढीमल्टी सेवा दिएरहेको छ। जस्तैः बाईक, ट्याक्सी, रेंटल गाडी, एम्बुलेन्स, ट्यांकर, टेक्निसियन, ग्यास जार, फुड, नर्स डाक्टर, प्लम्बर (इत्यादि) । कम्पनीले हालै विभिन्न किसिमका अफर प्याकेज सहित प्रयोगकर्ताको गोपनीयता, आन्तरिक वालेट, आपतकालीन संदेश, सुचना प्रवाह, प्रयोगकर्ताको आफ्नै रजिष्ट्री साथै कारोबार पिन कोड, आन्तरिक रकम प्राप्त गर्न र पठाउन सकिने, २४ सै घण्टा सेवा प्रदान गर्नुका साथै सेवा ग्राहिक राईडरको हकमा बिमा सुविधा पनि रहेको कम्पनीले बताएको छ।
प्राईमसेवा सुपर एप्स मार्फत प्राईमसेवाले राईडरको लागी १५ लाख सम्म दुर्घटना विमा, ४ लाख दुर्घटना उपचार खर्च, हस्पिटल डिस्चार्ज, एम्वुलेन्स, यातायात खर्च वापत २५ हजार र दुर्घटना भएको ६ महिना सम्म २५ हजार आम्दानी गर्न असक्षम भएमा १ लाख थप गरिदिने बीमा नीति पनि रहेको छ। प्राईमसेवा सुपर एप पूर्ण रुपमा स्वदेशी लगानीबाट सञ्चालित कम्पनी भएकाले विज्ञान प्रबिधि एवं अन्वेषण जस्ता क्षेत्रमा कार्य गर्दै आईरहेको राईड शेयारिङ प्लार्टफार्महरुले काठमाडौं उपत्यकामा दैनिक लाखौं आम्दानी गरेर देशको पुँजी विदेश पठाइरहेको वर्तमान अवस्थामा उक्त पुजि नेपाल नेपालीलाई नै होस भन्ने उद्देश्यका साथ राईड शेयारिङ् सेवा सुचारु गरिएको जनाएकाे हो ।
उक्त तथ्यांकलाई मध्यनजर गर्दै प्राईमसेवाले पनि राईड शेयारिंङ प्लार्टफार्म सेवा सुचारु गरेको बताइएको छ। राईडर, प्रयोगकर्ता र राईड शेयारिङ् कम्पनी बीचको सम्बन्ध नङ र मासु जस्तै हुनु पर्ने भएकोले प्राईमसेवाले आफ्ना राईडर र प्रयोगकर्ताहरुका लागी १ लाख कित्ता (५० हजार सेयर कित्ता राईडर र ५० हजार सेयर कित्ता प्रयोगकर्ता) हरु लाई निःशुल्क वितरण गर्दै आईरहेको छ।

राईडर र युजर (विद्यार्थीहरू) लाई कम्पनीको एक लाख कित्ता सेयर निःशुल्क वितरण गर्दै
एक अध्यनको रिपोर्ट अनुसार नेपाली समाजमा युवाहरु सेयर लगानी भन्दा विदेशी रोजगार प्रति बढी उत्प्रेरित भएको हुँदा स्वदेशमै लगानी गरेर उद्यमशिलता बन्नुपर्छ भन्ने हितका लागी प्राईमसेवाले आफ्ना प्रयोगकर्ताहरु र राईडरहरु लाई ५–५ सेयर कित्ता निःशुल्क वितरण गर्ने नीति ल्याएको हो जसले समाजमा युवाहरु माझमा अझै सकारात्क र उत्प्रेरित बन्ने अपेक्षा लिएको छ।
राईडरले तिर्नुपर्ने सेवा शुल्क
प्राईमसेवामा अहिले राईडरहरुले कुनै पनि सेवा शुल्क तिर्नुपर्ने रहेक छैन भने दर्ता शुल्क पनि निःशुल्क रहेको छ। प्राईमसेवाले केही समयपछी अधिकतम् १० प्रतिशत सेवा शुल्क लिने परियोजना बनाउँदै छ।
प्राईमसेवामा राईडरहरु अनलाईन दर्ता गर्न सक्छन्
प्राईमसेवा एक प्रबिधि एप भएकोले जहाँ पूर्णरुपमा अनलाईनबाट नै सम्पूर्ण डकुमेन्टहरु स्वयम् प्रयोगकर्ताहरुले एपमै अपलोड गर्न सक्नेछन् प्राईमसेवा दर्ता प्रमाणीकरण विभागले सम्पूर्ण विवरण र अपलोड गरिएका डकुमेन्टलाई जाँच गरेर प्रमाणिकरण गर्ने गर्दछ।
राईडरहरुलाइ खरिद गर्न चाहेमा थप १० किता सेयर कित्ता खरिद गर्न मिल्ने
प्राईमसेवाले पहिलो दश हजार राईडरहरु लाई पचास हजार सेयर कित्ता निःशुल्क वितरण गर्दै आईरहेको छ। राईडरले थप कित्ता सेयर खरिद गर्न चाहेमा अधिकतम् १० कित्ता सेयर खरिद गर्न सक्छन् भने जम्मा १५ कित्ता हुनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
