राप्ती हाइड्रोको हकप्रद मुक्तिनाथ क्यापिटल मार्फत बिक्री खुला हुने

0
Shares

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद निष्कासन गर्न बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले एक बराबर एक अनुपात ( चुक्ता पुँजीको शतप्रतिशत) मा हकप्रद सेयर निष्कासन गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

कम्पनीले ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद बिक्री गर्न लागेको हो । १०० प्रतिशत हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।