अल्पकालीन लगानीकर्ता हाबी हुँदा दुई दिनमा ५२ अंकले घट्यो नेप्से

0
Shares

अल्पकालीन लगानीकर्ताले छोटो समयमा नाफा बुक गर्दा सेयर बजार दुई कारोबार दिनमा नै ५२.५९ अंकले घटेको छ । सुस्त बढेको बजार दुई कारोबार दिनमा नै तीब्र गतिमा ओरालो लागेको हो ।

बुधबार २१.६७ अंकले घटेको सेयर बजार साताो अन्तिम कारोबार दिन बिहीबार थप गहिरिँदै ३०.९२ अंकले झरेको हो । यसअघि आइतबार १०.३७, सोमबार १०.२६ र मंगलबार १४.८८ अंकले नेप्से बढेको थियो । बजारमा प्रयाप्त तरलता र सस्तो ब्याजदरका बाबजुत बजारले करेक्शनको बाटो समातेको हो ।

सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएसँगै सूचक २०६७.०१ बिन्दुमा झरेको छ । ऋणात्मक बजारमा दैनिक कारोबार रकम पनि १ अर्ब ११ करोड ५० लाखरुपैयाँले घटेको छ । बिहीबार ३०९ कम्पनीका १ करोड १५ लाख १४ हजार ५७१ कित्ता सेयर ८० हजार १९ ओटा सङ्ख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ४ अर्ब १८ करोड ६ लाख ३२ हजार १३९ रुपैयाँमा सीमित भएको छ । अघिल्लो दिन बुधबार ३१३ कम्पनीका १ करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर ५ अर्ब २९ करोड ५६ लाख ५ हजार ५७ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यसदिन पनि कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा छ । सबैभन्दा धेरै कारोबार भएको यस कम्पनीको ५४ करोड १ लाख ८४ हजार रुपैयाँ बराबरको ७ लाख ६९ हजार ७९९ कित्ता सेयर ११ हजार ३४४ ओटा सङ्ख्यामा खरिद बिक्री भएको हो । यस्तै ङादी ग्रुप पावरको १४ करोड ९१ लाख ५० हजार, नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ४४ लाख २५ हजार, एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट लिमिटेडको ८ करोड ६० लाख ६१ हजार र अरुण काबेली पावरको ८ करोड ३३ लाख ९५ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यसदिन फाइनान्स उपसमुहगत सूचक सामान्य सकारात्मक रहेपनि बाँकी १२ ओटै घटेका छन् । जलविद्युत, सर्पाधिक २.३५ प्रतिशतले घटेको बजारमा अन्यको सूचक पनि २ प्रतिशतले ओरालो लागेको छ । यस्तै बैंकिङ्ग, विकास बैंक, लगानी, जीवन बीमा, उत्पादनमुलक, लघुवित्त र निर्जीवन बीमा पनि १ प्रतिशत बढीले ओरालो लागेका छन् । आज ४९ कम्पनीको सेयर मूल्य बढेको छ भने २५४ कम्पनीको घटेको छ । ६ कम्पनीको स्थीर रहेको छ ।

यसदिनको बजारमा समाज लघुवित्तको सेयर मूल्य सर्वाधिक ६.१० प्रतिशतले बढेको छ । यस्तै रावा इनर्जीको ३.८३ प्रतिशत, १०.२५% सनराइज बैंक डिबेञ्चर २०८३ को ३.५०, ८.५% नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर २०८४ को ३.१२ र दोल्ती पावरको २.९६ प्रतिशतले सेयर मूल्य बढेको छ ।
उता आजको बजारबाट सामलिङ्ग पावरको सेयरको भाउ ९.४२ प्रतिशतले घट्दा मिड सोलु हाइड्रोपावर ६.८८, मोलुङ्ग हाइड्रोपावर ६.४७ र थ्रीस्टार हाइड्रोपावरको सेयरको भाउ सर्वाधिक ६.१४ प्रतिशतले घटेको छ । पिपुल्स हाइड्रोपावर, साधना लघुवित्त, तेह्रथुम पावर, माईखोला हाइड्रोपावरको पनि ५ प्रतिशतभन्दा बढीले घटेको छ । अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेड र हिमालयन लघुवित्तको सेयर मूल्य पनि करिब ५ प्रतिशतले घटेर शीर्ष गुमाउने दश कम्पनीभित्र समेटिएका छन् ।

बिहीबार कुल बजार पुँजीकरण ३२ खर्ब ४८ अर्ब ३९ करोड ३९ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बुधबार ३२ खर्ब ९६ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ पुँजीकरण रहेकोमा बजार घटेसँगै यसदिन ४८ अर्ब ५९ करोड ६० लाख रुपैयाँले बजार पुँजीकरण घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।