हिमालयन डिष्टिलरीको नगद लाभांश वितरण

हिमालयन डिष्टिलरीको नगद लाभांश वितरण

हिमालयन डिष्टिलरी लिमिटेडले कर प्रयोजन समेतको १५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीका अनुसार माघ ३ गतेदेखि बुकक्लोज मितिसम्म कायम सम्बन्धित सेयरधनीको हितग्राही खातामा उल्लेख बैंक खातामा नगद लाभांश जम्मा गरिएको हो ।

पुस २५ गते सम्पन्न कम्पनीको २३ औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजी २ अर्ब ४२ करोड ९५ लाख ६६ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र बोनसको कर प्रयोजन समेत १५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । सोही बोनस र नगदको कर कट्टी गरी बाँकी रहेको नगद लाभांश वितरण गरिएको हो ।

सभाबाट पारित बोनस सेयर भने धितोपत्र दोस्रो बजार नेप्सेमा सूचीकृतपछि मात्र लगानीकर्तामा वितरण हुने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: २१ माघ २०८०, आइतबार १५ : ०२ बजे